बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा 



ताप्लेजुङ । बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरिएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड ताप्लेजुङले विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको हो । 

बिहीबार विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा ज्याकेट बितरण गरिएको संस्थाका केन्द्रिय संचालक समितिका अध्यक्ष डाक्टर सुमित्रा मानन्धर गुरुङले बताउनुभयो  । प्रधानाध्यापक धर्मप्रसाद पौडेलका उहाँका अनुसार विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थीले न्यानो कपडा अन्तर्गत एक–एक थान ज्याकेट प्राप्त गरेका छन् ।

 फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको छ । संस्थाले आर्जन गरेको मुनाफाको १ प्रतिशत रकम बराबरको सामाग्री विद्यार्थीहरूलाई प्रदान गरिएको अध्यक्ष मानन्धरको भनाई थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १९:३५

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न