बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा 



ताप्लेजुङ । बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरिएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड ताप्लेजुङले विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको हो । 

बिहीबार विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा ज्याकेट बितरण गरिएको संस्थाका केन्द्रिय संचालक समितिका अध्यक्ष डाक्टर सुमित्रा मानन्धर गुरुङले बताउनुभयो  । प्रधानाध्यापक धर्मप्रसाद पौडेलका उहाँका अनुसार विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थीले न्यानो कपडा अन्तर्गत एक–एक थान ज्याकेट प्राप्त गरेका छन् ।

 फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको छ । संस्थाले आर्जन गरेको मुनाफाको १ प्रतिशत रकम बराबरको सामाग्री विद्यार्थीहरूलाई प्रदान गरिएको अध्यक्ष मानन्धरको भनाई थियो ।

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका