चासोक तङ्नाममा फुङलिङ नगरपालिकाले दियो स्थानीय बिदा 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै चासोक तङ्नामको अवसरमा शुक्रबार एक दिन स्थानीय बिदा दिएको जानकारी गराएको हो । 

प्रकाशित सूचनामा चासोक तङ्नाम पर्व मनाउन शुक्रबार स्थानीय बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तै नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था साथै शिक्षण संस्था बन्द रहने सूचनामा जनाइएको छ । 

चासोक तङनाको अवसरमा अवसरमा चासोक तङ्नाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त रुपमा (सेसेलुङ) गोल्डकप सँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप भने, गत मङ्सिर १५ गतेदेखि नै सञ्चालन भइरहेको छ । खेलको फाइन शनिबार हुने छ । साथै शुक्रबार सांस्कृतिक लगायतका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय कलाकार, शान्ति श्री परियार, झुमा लिम्बू, माल्भिका सुब्बा साथै स्थानीय कलाकारको प्रस्तुति रहने छ । 

प्रकाशित मिति : 6:47 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो