कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : झापालाई हराउँदै इलाम फाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । इलामको रेड डेभिल्स मजोमाइ ताप्लेजुङको फुङलिङमा जारी कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।  आज भएको दोस्रो सेमिफाइनल खेलमा झापाको न्यु स्टार क्लब बिर्तामोडलाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भए पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । अब यो सँगै अब फाइनलमा इलाम र धरान बिच प्रतिस्पर्धा हुने भएको छ । सुनसरीको गोधूली फुटबल क्लब धरानले हिजो सम्पन्न भएको पहिलो सेमिफाइनल खेलबाट तेह्रथुमको सम्दु फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयमा दुवैटीमले ४–४ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत प्राप्त भएको थियो । फाइनल खेल मंसिर २२ गते शनिबार हुने छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद ३ लाख २ हजार ८१ रुपैयाँ र १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । 

चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : 5:23 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै