कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : झापालाई हराउँदै इलाम फाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । इलामको रेड डेभिल्स मजोमाइ ताप्लेजुङको फुङलिङमा जारी कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।  आज भएको दोस्रो सेमिफाइनल खेलमा झापाको न्यु स्टार क्लब बिर्तामोडलाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भए पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । अब यो सँगै अब फाइनलमा इलाम र धरान बिच प्रतिस्पर्धा हुने भएको छ । सुनसरीको गोधूली फुटबल क्लब धरानले हिजो सम्पन्न भएको पहिलो सेमिफाइनल खेलबाट तेह्रथुमको सम्दु फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयमा दुवैटीमले ४–४ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत प्राप्त भएको थियो । फाइनल खेल मंसिर २२ गते शनिबार हुने छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद ३ लाख २ हजार ८१ रुपैयाँ र १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । 

चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १७:२३

आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै फुङलिङ नगरपालिका

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दैछ

ताप्लेजुङमा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा ब्राउन सुगरसहित ४ जना परेका छन् ।

पाथिभरा मन्दिर क्षेत्रमा स्वीकृति विना कुनै कार्य गर्न नपाइने

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर क्षेत्रमा पाथिभरा क्षेत्र

ताप्लेजुङ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ । ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको

कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

ताप्लेजुङ । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार