कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आज झापा र इलाम फाइनका लागि भिड्दै



ताप्लेजुङ  । ताप्लेजुङको फुङलिङमा जारी कञ्चनजंघा सेसेलुङ गोल्ड कपमा आज इलाम र झापाबीच प्रतिष्पर्धा हुँदैछ । दोश्रो अन्तराष्ट्रिय आमन्त्रण कपको फाइनल प्रवेशका लागि झापाको न्यु स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स मजोमाईबीच प्रतिस्पर्धा हुने भएको हो । 

झापाले क्वार्टरफाईनलमा पाँचथरलाई २–१ र इलामले मोरङलाई ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । आजको विजेताले उपाधिका लागि सुनसरीको गोधूली फुटबल क्लब धरानसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । 

सुनसरीले हिजो सम्पन्न भएको पहिलो सेमिफाइनल खेलबाट तेह्रथुमको सम्दु फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयमा दुवैटीमले ४–४ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत प्राप्त भएको थियो ।  

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद ३ लाख २ हजार ८१ रुपैयाँ र १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल मंसिर २२ गते (शनिबार) हुनेछ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०६:०७

वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना

१२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको