कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आज झापा र इलाम फाइनका लागि भिड्दै



ताप्लेजुङ  । ताप्लेजुङको फुङलिङमा जारी कञ्चनजंघा सेसेलुङ गोल्ड कपमा आज इलाम र झापाबीच प्रतिष्पर्धा हुँदैछ । दोश्रो अन्तराष्ट्रिय आमन्त्रण कपको फाइनल प्रवेशका लागि झापाको न्यु स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स मजोमाईबीच प्रतिस्पर्धा हुने भएको हो । 

झापाले क्वार्टरफाईनलमा पाँचथरलाई २–१ र इलामले मोरङलाई ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । आजको विजेताले उपाधिका लागि सुनसरीको गोधूली फुटबल क्लब धरानसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । 

सुनसरीले हिजो सम्पन्न भएको पहिलो सेमिफाइनल खेलबाट तेह्रथुमको सम्दु फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयमा दुवैटीमले ४–४ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत प्राप्त भएको थियो ।  

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद ३ लाख २ हजार ८१ रुपैयाँ र १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल मंसिर २२ गते (शनिबार) हुनेछ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : 6:07 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा