कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेलमा झापा र पाँचथर भिड्दै



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता अन्तरगत आज अन्तिम क्वाटर फाइनलका खेल हुँदै छ । अन्तिम क्वाटरफाइनल खेलमा आज न्यु स्टार क्लब बिर्तामोड झापा र पाँचथरको फिदिम स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।

यो सँगै सेमिफाइनल खेलको समीकरण पूरा हुने छ । हिजो भएको तेस्रो क्वाटरफाइनल खेलबाट सुनसरी धरानको गोधूली फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तराष्ट्रिय टिम कञ्चनजङ्घा फुटबल क्लब भारत सिलगुढीलाई २–० ले पराजित गर्दै गोधूली फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलको समय सकिन ४ मिनेट बाँकी  रहँदा भएको घम्साम्सीका क्रममा गोधुलीका मिलन राई र कञ्चनजंघाका प्रज्वल केसीले रातो कार्ड खाँदा दुबै टिम १० खेलाडीमा सीमित भएका थिए ।प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रकाशित मिति : 6:06 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो