कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेलमा झापा र पाँचथर भिड्दै



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता अन्तरगत आज अन्तिम क्वाटर फाइनलका खेल हुँदै छ । अन्तिम क्वाटरफाइनल खेलमा आज न्यु स्टार क्लब बिर्तामोड झापा र पाँचथरको फिदिम स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।

यो सँगै सेमिफाइनल खेलको समीकरण पूरा हुने छ । हिजो भएको तेस्रो क्वाटरफाइनल खेलबाट सुनसरी धरानको गोधूली फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तराष्ट्रिय टिम कञ्चनजङ्घा फुटबल क्लब भारत सिलगुढीलाई २–० ले पराजित गर्दै गोधूली फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलको समय सकिन ४ मिनेट बाँकी  रहँदा भएको घम्साम्सीका क्रममा गोधुलीका मिलन राई र कञ्चनजंघाका प्रज्वल केसीले रातो कार्ड खाँदा दुबै टिम १० खेलाडीमा सीमित भएका थिए ।प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रकाशित मिति : 6:06 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज