मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका माझी विजयी



ताप्लेजुङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए । त्यस्तै, समावेशी समाजवादी पार्टीका बोधनारायणी माझीले २३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी थारूले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारुले ८९, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशीले ४७, मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोद कुमार माझीले ४२, राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टीका प्रशुराम विश्वास थारुले २६, जनता समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरीले १८ र नेपाल समाजवादी पार्टीका रामुकुमार चौधरीले १५ मत पाए ।

२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो

प्रकाशित मिति : 8:47 am

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल