मोरङको ग्रामथानमा माओवादीको अग्रता कायमै, माओवादी उम्मेदवार माझी १ हजार ५ सय १ मतले अघि



ताप्लेजुङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीले अग्रता बढाउँदै लगेको छ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझीले १ हजार ५ सय १ मतले अघि छन्।

उनले ५ हजार ६ सय ६८ मत पाउँदा कांग्रेसका बलराम सरदार थारुले ४ हजार १ सय ६७ मत पाएका छन्।

एमालेका तुलसीराम विश्वासले अहिलेसम्म २ हजार ७ सय ४१ मत पाएका छन्।

यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए।

माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। तर अहिले माओवादी उम्मेदवारले सुरुदेखि नै अग्रता बनाइरहेका हुन्।

२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। उनले ७६०५ मत पाएका थिए।

त्यतिबेला एमालेका शिव नारायण माझी थारुले ६०९३ मत र माओवादी केन्द्रका विजय कुमार सरदारले २७२७ मत पाएका थिए।

प्रकाशित मिति : 7:23 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ