श्री तमोर महिला कृषि सहकारीले एक वर्षमा कमायो १९ लाख ३९ हजार बढि नाफा, शेयर सदस्य सङ्ख्या ६५० पुग्यो 



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । श्री तमोर महिला कृषि सहकारी संस्थाको आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा १९ लाख ३९ हजार बढि रहेको छ । संस्थाले आज आफ्नो १५औं वार्षिक साधारणसभा मार्फत १९ लाख ३९ हजार ६५३ खुद नाफा रहेको जानकारी गराएको हो ।

यस्तै संस्थाको कुल आम्दानी भने ४३ लाख ५८ हजार ५८४ रुपैयाँ रहेको छ भने, २६ लाख ५२ हजार ८७९ रुपैयाँ खर्च भएको छ । संस्थामा भएको सम्पूर्ण खर्च कटाई खुद नाफा १९ लाख ३९ हजार ६५३ भएको संस्थाकी कोषाध्यक्ष इन्दिरा घिमिरेले जानकारी दिनुभएको छ ।

वि. सं. २०६७ सालमा सुरु भएको यस सहकारी संस्थामा आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा शेयर सदस्य सङ्ख्या वृद्धि भएर ६५० जना पुगेको संस्थाका अध्यक्ष निता सिवाले जानकारी दिनुभयो । संस्थाका शेयर सदस्यमा सत प्रतिशत महिला शेयर सदस्यमा मात्र भएको उहाँको भनाई छ । साथै बाल बचत कर्तामा जम्मा ३०५ जना बालबालिका रहेका छन् । 

ताप्लेजुङको सामुदायिक भवन सिटिहलमा सम्पन्न भएको संस्थाको १५औं साधारण सभा मार्फत विभिन्न विधामा शेयर सदस्यहरूलाई सम्मान गरिएको छ । जसमा नियमित बचतकर्ता मध्ये उत्कृष्ट बाल बचतकर्ता तर्फ रेखा दाहाल सम्मानित हुनु भएको छ ।

यस्तै मुद्दती बचतकर्ता तर्फ धेरै बचत गर्ने आरजु पौडेल, दैनिक बचतकर्ता तर्फ धेरै बचत गर्ने रोशनी श्रेष्ठ, सम्पूर्ण शेयर सदस्य मध्ये धेरै बचत गर्ने रिता वि।क। र सक्रिय समिति सदस्य तर्फ हरिकला थेबेलाई सम्मान गरिएको संस्थाले जनाएको छ । 

थोरै बचत, धेरै मद्धतका साथ अघि बढेको यो संस्थाले महिलाहरूको हकहितका लागि विभिन्न कार्यहरू गरिरहेको संस्थाका उपाध्यक्ष तथा फुङ्लिङ नगरपालिकाका उप प्रमुख भिमादेवी ओझाले बताउँनुभयो । 

साथै यो संस्थाले आर्थिक वर्ष ८०/८१ मा सुत्केरी प्रोत्साहन, बाल बचत, सहकारी शिक्षा तालिम, प्राणघातक रोगका विरामिलाई उपचारको लागि सहयोग, विभिन्न कार्यक्रमहरूमा सम्मानजनक सहभागिता जस्ता गतिविधिहरू गरेको अध्यक्ष निता सिवाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 4:29 pm

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र