मुक्कुमलुङको धागो टाँग्ने साइटमा संरचना निर्माणलाई निषेध गर्न अनुरोध



ताप्लेजुङ । मुक्कुमलुङको धागो  टाँग्ने साइटमा संरचना निर्माणलाई निषेध गर्न अनुरोध गरिएको छ । मुक्कुमलुङ् संरक्षण संयुक्त सङ्घर्ष समिति सहित ७ वटा समूहले एक विज्ञप्ति जारी गर्दै उक्त अनुरोध गरिएको हो । 

उक्त क्षेत्रमा टाँगिएको धागो चुँडियो भने आयु छोटो हुन्छ भन्ने मुन्धुमी दर्शन भएकोले भक्तजनहरूले टाँगेको धागोहरु चुँडाउन मुन्धुमी मान्यता अनुसार बर्जित भएको जानकारी विज्ञप्ति मार्फत गराइएको छ । साथै मुक्कुमलुङ क्षेत्रको कान्छी थानदेखि माथि डाँडासम्म टाँगिएको धागोहरुको संरक्षण गर्न दाहिनेपट्टिको क्षेत्रमा ट्वाइलेट, पाटी, पौवा लगायतका कुनै पति संरचना निमार्ण गर्न निषेध गर्नु अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

निमार्ण गरिएको संरचनाहरू मन्धुमी विश्वास, मूल्य मान्यता अनुसार राख्न नमिल्ने भएकोले हटाउनु पर्ने माग राखिएको छ । अन्यथा मन्धुमी कानुन अनुसार अघि बढिने पनि सम्बन्धित पक्षलाई जानकारी गराइएको विज्ञप्ति मार्फत नै जानकारी गराइएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार ०६:१९

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट