कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आजबाट सुरु हुँदै, ताप्लेजुङ र तेह्रथुम भिड्ने



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप आजदेखि सुरु हुँदैछ । लिम्बू समुदायको मौलिक पर्व चासोक तङनामको अवसरमा आयोजित प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

गोल्ड कप सदरमुकाम फुङलिङ बजारमा अबस्थित श्री भानुजन माद्यमिक बिद्यालयको खेलमैदानमा हुदैछ । आज पहिलो दिन उद्धघाटन खेलमा ताप्लेजुङको कञ्चनजंघा फुङलिङ क्लब र तेह्रथुमको सम्दु फुटबल क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

दुवैटीम बिजयी सुरुवात गर्दै सेमिफाईनल प्रबेश गर्ने लक्ष्यका साथ मैदान उत्रदैछन् । आजको बिजेताले सोमबार हुने सुनसरी र भारतबीचको बिजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।

भोलि मोरङ र ईलाम भिड्दा क्वाटरफाईनलको अन्तिम दिन मंगलबार पाँचथर र झापा खेल्नेछन् । आजबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख २ हजार ८१ र उपबिजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेकदिन म्यान अफ दि म्यान बन्ने खेलाडी र खेल अवधि भरि बिभिन्न बिधामा उत्कृष्ट हुनेलाई समेत नगद पुरस्कारको ब्यबस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : 6:25 am

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई