पाथीभराका घण्टी बिक्रीमा




रेडियो काबेली
ताप्लेजुङ।
पाथीभरामा भक्तजनले चढाएका पुराना घण्टी बिक्री गरिने भएको छ । पाथीभरा क्षेत्र विकास समितीले भक्तजनले चढाएका पुराना १६ हजार किलोग्राम बढी घण्टी लिलाम बिक्री गरिने जनाएको हो । पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले आर्थिक प्रशासन सम्बन्धी नियावली २०७७ अनुसार घण्टी, त्रिशुल, सुन चाँदी लगायत धातुजन्य वस्तु लिलाम बिक्री गर्नको लागि क्षेत्र विकास समितीको सदस्य अध्यक्ष, कार्यकारी निर्देशक सदस्य, जिल्ला प्रशासन कार्यालयको सदस्य, कोष तथा लेखा नियन्त्रण कार्यालयको सदस्य र क्षेत्र विकास समितीको अधिकृत स्तरको कर्मचारी सदस्य सचिव रहने समिती रहेको जनाउनुभयो ।

उहाँका अनुसार उक्त समितीले न्युनतम मुल्य ३ सय ८० रुपैँया कामय गरि लिलाम बिक्री गर्न सक्ने जनाए अनुसार क्षेत्र विकास समितीबाट उक्त निर्णय स्विकृति भई गोरखा पत्र दैनिकमा लिलाम बढाबढमा बोलपत्र आह्वान गरिएको हो । पाथीभरामा भक्तजनहरुले चढाएका पुराना, ऐतिहासिक, पुरात्विक र साँस्कृतिक महत्व झल्काउने नाम र मिती उल्लेख गरिएका घण्टीहरु १० देखी १५ क्वीन्टल पाथीभरा क्षेत्रमा भण्डारण गरी राखिएको र बाँकी टुट फुट भएका र नाम मिती उल्लेख नभएका घण्टीहरु व्यवस्थापनको लागि लिलाम बिक्रीको लागि राखिएको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो ।


पाथीभरा क्षेत्र विकास समितिले घण्टीको विषयमा छलफल गर्दा पाथीभरा जाने बाटोमा बनाईएको फाईबर ट्रस्टमा राख्न सुझाब दिएपनि तल देखि माथि सम्म घण्टी हुँदा बन्यजन्तुलाई असर गरि पारिस्थितिकीय प्रणालीमा असर गर्ने हुनाले राख्न नहुने डिभिजन वन कार्यालयले जनाएकाले लिलाम बिक्री गर्न लागिएको क्षेत्र विकास समितीले जनाएको छ । विधि र प्रकृया पुरा गरि घण्टीहरुको लिलाम बिक्री बोलपत्र आह्वान गरिएको समितीले जनाएको छ । घण्टी खरिद गर्न चाहने व्यक्तिहरु वा फर्महरुले पौष १३ भित्र सिलबन्दी बोलपत्र दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति : 9:40 pm

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको