मेरिङ्देन ३ दोभान बजारमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै



ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । आगामि मंसिर २० र २१ गते दुई दिने आँखा शिविर सञ्चालन हुने भएको हो ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, सेवा फाउन्डेशन काठमाडौं र मेरिङ्देन गाउँपालिकाको आयोजनामा संचालन हुन लागेको उक्त शिविर डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्रावितिक सहयोग र विराटनगर आँखा अस्पतालका डा. द्धारा आँखाको निशुल्क अप्रेशन सहित शिविर सञ्चालन हुने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक ईञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।

शिविरमा नाम दर्ता, औषधिको निशुल्क व्यावस्था गरिएको छ । यस्तै ४० वर्ष भन्दा माथिका विमारीहरुलाई पढ्नको लागि पढ्ने चश्मा निशुल्क व्यावस्था गरिएको छ भने, शल्यक्रिया भएका विरामिहरुका लागि खान बस्नको लागि निशुल्क व्यावस्था समेत गरिएको छ ।

शिविर सफल पार्न ताप्लेजुङ उद्योग वाणिज्य संघ शाखा दोभान र नेपाल रेडक्रस सोसाइटी दोभान उपशाखाले संयोगि संस्थाको भूमिका निर्वाह गरेको छ । शिविरमा जान चाहनेहरुले दोभान आँखा उपचार केन्द्र मेरिङ्देन ३ दोभान बजारमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : 8:18 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा