मेरिङ्देन ३ दोभान बजारमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै



ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । आगामि मंसिर २० र २१ गते दुई दिने आँखा शिविर सञ्चालन हुने भएको हो ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, सेवा फाउन्डेशन काठमाडौं र मेरिङ्देन गाउँपालिकाको आयोजनामा संचालन हुन लागेको उक्त शिविर डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्रावितिक सहयोग र विराटनगर आँखा अस्पतालका डा. द्धारा आँखाको निशुल्क अप्रेशन सहित शिविर सञ्चालन हुने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक ईञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।

शिविरमा नाम दर्ता, औषधिको निशुल्क व्यावस्था गरिएको छ । यस्तै ४० वर्ष भन्दा माथिका विमारीहरुलाई पढ्नको लागि पढ्ने चश्मा निशुल्क व्यावस्था गरिएको छ भने, शल्यक्रिया भएका विरामिहरुका लागि खान बस्नको लागि निशुल्क व्यावस्था समेत गरिएको छ ।

शिविर सफल पार्न ताप्लेजुङ उद्योग वाणिज्य संघ शाखा दोभान र नेपाल रेडक्रस सोसाइटी दोभान उपशाखाले संयोगि संस्थाको भूमिका निर्वाह गरेको छ । शिविरमा जान चाहनेहरुले दोभान आँखा उपचार केन्द्र मेरिङ्देन ३ दोभान बजारमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : 8:18 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले