सिरिजङगा गोल्डकपको खेल : उद्धघाटनमा आयोजक र धनकुटा भिड्ने



ताप्लेजुङ । चौथो सिरिजङगा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आगामी मंसिर २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने चौथो अन्तराष्ट्रिय सिरिजंघा गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको हो ।

आयोजक संस्था तेल्लोक स्पोर्टिङ क्लबले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार उद्धघाटन खेलमा आयोजक र सागुरिगढी एफ.सि. धनकुटा खेल्दैछन् ।

क्वाटरफाईनलको दोश्रो खेलमा न्यु स्टार क्लब झापा र ब्रदरहुड एफ.सि. बेलका उदयपुरबीच भिडन्त हुदैछ । मंसिर २५ गते हुने तेश्रो खेलमा मरिक एफ.सि. सुनसरी र पारिजात संघ एफ.सि भारतबीच आमनेसामने हुँदैछ भने क्वाटर फाईनलको अन्तिम खेलमा वाईवाई पाँचथर एफसि र सिरिजंघा स्पोर्टिङ क्लब मोरङ भिड्ने तालिकामा उल्लेख छ ।

प्रतियोगिताको बिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ र उपबिजेताले १ लाख २५ हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ०६:५३

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई