सिरिजङगा गोल्डकपको खेल : उद्धघाटनमा आयोजक र धनकुटा भिड्ने



ताप्लेजुङ । चौथो सिरिजङगा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आगामी मंसिर २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने चौथो अन्तराष्ट्रिय सिरिजंघा गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको हो ।

आयोजक संस्था तेल्लोक स्पोर्टिङ क्लबले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार उद्धघाटन खेलमा आयोजक र सागुरिगढी एफ.सि. धनकुटा खेल्दैछन् ।

क्वाटरफाईनलको दोश्रो खेलमा न्यु स्टार क्लब झापा र ब्रदरहुड एफ.सि. बेलका उदयपुरबीच भिडन्त हुदैछ । मंसिर २५ गते हुने तेश्रो खेलमा मरिक एफ.सि. सुनसरी र पारिजात संघ एफ.सि भारतबीच आमनेसामने हुँदैछ भने क्वाटर फाईनलको अन्तिम खेलमा वाईवाई पाँचथर एफसि र सिरिजंघा स्पोर्टिङ क्लब मोरङ भिड्ने तालिकामा उल्लेख छ ।

प्रतियोगिताको बिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ र उपबिजेताले १ लाख २५ हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 6:53 am

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै