फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन महोत्वसब सुरु भएको छ । महोत्सबको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले उद्धाटन गर्नुभएको छ । महोत्सव तथा अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि मङ्सिर ९ र १० गते स्थानीय विदा दिएको छ ।

पालिकाको केन्द्र वडा नं. ४ साँबाको तेम्बामा शुक्रबारबाट सुरु भएको महोत्सवको लागि स्थानीय विदा दिएको र विदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विमल गौतमद्धारा जारी सुचनामा उल्लेख रहेको छ ।

फुङ्फुङगे झरना पर्यटन विकास समितिको आयोजनामा पालिकाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँस्कृतिक साथै मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक समितीका अध्यक्ष बिजय साँबाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 9:00 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा