फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन महोत्वसब सुरु भएको छ । महोत्सबको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले उद्धाटन गर्नुभएको छ । महोत्सव तथा अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि मङ्सिर ९ र १० गते स्थानीय विदा दिएको छ ।

पालिकाको केन्द्र वडा नं. ४ साँबाको तेम्बामा शुक्रबारबाट सुरु भएको महोत्सवको लागि स्थानीय विदा दिएको र विदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विमल गौतमद्धारा जारी सुचनामा उल्लेख रहेको छ ।

फुङ्फुङगे झरना पर्यटन विकास समितिको आयोजनामा पालिकाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँस्कृतिक साथै मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक समितीका अध्यक्ष बिजय साँबाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 9:00 pm

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण