नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङको सभापतिमा ईन्द्र बहादुर गुरुङ




रेडियो कोबली
ताप्लेजुङ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको सभापतिमा ईन्द्र बहादुर गुरुङ चयन हुनुभएको छ । शुक्रबार भएको दोस्रो जिल्ला सभाले गुरुङको सभापतित्वमा १७ सदस्यीय जिल्ला समिती चयन गरेको हो । शाखाको उपसभापतिमा अनन्तमणि भट्टराई र खिनुमाया इजम, सचिवमा कमलप्रसाद भट्टराई, सहसचिवमा कल्पना गुरुङ, कोषाध्यक्षमा निरोज श्रेष्ठ र उपकोषाध्यक्षमा दुर्गादेवी गौतम चयन हुनुभएको छ । सदस्यमा खड्गविक्रम सुवेदी, सुवास आचार्य , किशोर अधिकारी, नरेन्द्र अधिकारी र विवेक बानिया चयन हुनुभएको छ ।

यस्तै शाखा कार्यसमितिको पदेन सदस्यमा निर्वतमान सभापति ज्ञानबहादुर तामाङ, मनोनित सदस्यमा शुन्दरमोहन शाक्य, माला पालुङ्वा, यीगेन्द्रकुमार गुरुङ रहनुभएको छ । कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको शाखाको अधिवेशनमा पछिल्लो समय बदलिदो जिवन शैलीले मुटु रोगीहरुको संख्या बढ्दै गएकाले ध्यान दिनुपर्ने कुरालाई जोड दिईएको थियो ।

सचिव कमल प्रसाद भट्टराईद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदनमा आगामी दिनमा गरिने कार्ययोजनाका प्रस्तावहरु पेश गरिएको थियो । उक्त प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ भित्र फुङलिङ नगरपालिमा भित्रका ३ हजार पाँच सय विद्यार्थीहरुको मुटुपरिक्षण तथा उपचारमा सहजता ल्याउने, प्रतिष्ठानको कायालय स्थापना गर्ने, सदस्यता विस्तार गर्ने, मुटु बचाउ अभियानका कार्यहरु गर्न विभिन्न संघ संस्था र सरकार संगको सहकार्यमा अभियानहरु संञ्चालन गर्ने साथै आम्दानी बढाउन स्रोतको खोजी गरिनेछ । उक्त सांगठनिक प्रतिवदेन सर्वसम्मत पारित भएको छ ।

प्रकाशित मिति : 7:36 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)