नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङको सभापतिमा ईन्द्र बहादुर गुरुङ




रेडियो कोबली
ताप्लेजुङ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको सभापतिमा ईन्द्र बहादुर गुरुङ चयन हुनुभएको छ । शुक्रबार भएको दोस्रो जिल्ला सभाले गुरुङको सभापतित्वमा १७ सदस्यीय जिल्ला समिती चयन गरेको हो । शाखाको उपसभापतिमा अनन्तमणि भट्टराई र खिनुमाया इजम, सचिवमा कमलप्रसाद भट्टराई, सहसचिवमा कल्पना गुरुङ, कोषाध्यक्षमा निरोज श्रेष्ठ र उपकोषाध्यक्षमा दुर्गादेवी गौतम चयन हुनुभएको छ । सदस्यमा खड्गविक्रम सुवेदी, सुवास आचार्य , किशोर अधिकारी, नरेन्द्र अधिकारी र विवेक बानिया चयन हुनुभएको छ ।

यस्तै शाखा कार्यसमितिको पदेन सदस्यमा निर्वतमान सभापति ज्ञानबहादुर तामाङ, मनोनित सदस्यमा शुन्दरमोहन शाक्य, माला पालुङ्वा, यीगेन्द्रकुमार गुरुङ रहनुभएको छ । कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको शाखाको अधिवेशनमा पछिल्लो समय बदलिदो जिवन शैलीले मुटु रोगीहरुको संख्या बढ्दै गएकाले ध्यान दिनुपर्ने कुरालाई जोड दिईएको थियो ।

सचिव कमल प्रसाद भट्टराईद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदनमा आगामी दिनमा गरिने कार्ययोजनाका प्रस्तावहरु पेश गरिएको थियो । उक्त प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ भित्र फुङलिङ नगरपालिमा भित्रका ३ हजार पाँच सय विद्यार्थीहरुको मुटुपरिक्षण तथा उपचारमा सहजता ल्याउने, प्रतिष्ठानको कायालय स्थापना गर्ने, सदस्यता विस्तार गर्ने, मुटु बचाउ अभियानका कार्यहरु गर्न विभिन्न संघ संस्था र सरकार संगको सहकार्यमा अभियानहरु संञ्चालन गर्ने साथै आम्दानी बढाउन स्रोतको खोजी गरिनेछ । उक्त सांगठनिक प्रतिवदेन सर्वसम्मत पारित भएको छ ।

प्रकाशित मिति : 7:36 pm

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल