मन्त्री हाङ्गाम समक्ष मेरिङ्देन गाउँपालिकाले राख्यो विभिन्न योजना तथा कार्यक्रमको माग



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाले कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय खगेन सिं हाङगाम समक्ष विभिन्न कार्यक्रमको माग राखेको छ । पालिकाले आज मन्त्री हाङ्गामलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि विभिन्न ९ वटा योजना तथा कार्यक्रमको लागि माग राखेको हो । 

कार्यक्रममा पालिकाले आर्थिक वर्ष ८०/०८१ मा सम्पादन गरेका र चालू आर्थिक वर्ष ८१/०८२ मा हुँदै गरेका योजना तथा कार्यक्रमहरूको बारेमा जानकारी दिदैँ मन्त्री समक्ष प्रदेश सरकारलाई उक्त योजनाको माग राखेको पालिका अध्यक्ष युक हाङ् विर हाङ्गाम डम्बरले जानकारी दिनुभयो ।

योजना तथा कार्यक्रमहरूमा दोभान बजार देखि प्रशासकीय भवन सम्म कालो पत्रे, सडक निर्माणको लागि बजेटको सुनिश्चितता, हिमाली लोकमार्गको निरन्तरता, मेवाथुम सडक निर्माणको लागि बजेटको सुनिश्चितता रहेको छ । 

यस्तै, महासिरेङ माङ्गेना यकको संरक्षण सम्वर्द्धन साथै आवश्यक पूर्वाधार निर्माण, गाउँपालिका स्तरीय सामुदायिक भवन निर्माण र गाउँपालिका स्तरीय चिस्यान केन्द्र (कोल्ड सेन्टर) निर्माणका लागि बजेट सुनिश्चितता गर्न माग गरिएको पालिकाले जनाएको छ । 

अलैँची, किवी, कफी, र जैविक मल प्रवर्द्धन कार्यक्रम, मेरिङदेन गाउँपालिकामा भेटनरी ल्याब स्थापना र घरपालुवा पशुहरूमा कृतिमा गर्भाधान कार्यक्रम सञ्चालनका लागि माग राखिएको छ । 

साथै मन्त्री हाङ्गामले रैथाने बालिको संरक्षण तथा सम्वर्द्धन, कफी खेतीको सम्भाव्यता, गाउँपालिकाले विविध योजनाहरू माग गर्दा सम्भाव्यता अध्ययन गरेर दिगो निरन्तरता र जनताको जनजिविका सित प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रम हुनुपर्नेमा जोड दिएका छन् । 

प्रदेश सरकारद्वारा सम्पादन भइरहेका योजनाहरूमा श्रोत तथा बजेटको सुनिश्चितता बारेमा समेत मन्त्री हाङ्गामले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : 5:33 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर