ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात




ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

हिमपातसँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ ।रासस

प्रकाशित मिति : 5:28 pm

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल