मैवाखोलामा करेन्ट लाग्दा ७ वर्षीय बालिका घाइते 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा करेन्ट लागेर एक बालिका घाइते भएकी छिन् । मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुमा विद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर करेन्ट लागि ७ बर्षिया बालिका घाइते भएकी हुन् । 

 घाइते हुनेमा मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुका साङ्गे शेर्पाकी ७ बर्षिया छोरी मङ्सीरी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । विद्यालयबाट घर फर्कन्दै गरेको बेला शेर्पालाई पोलबाट झरेको विद्युतीय तारले लागेको थियो । उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत विद्यार्थी हुन् । 

घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : 7:30 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै