कार्तिकमा ६१ हजार बढीले पाथीभराको दर्शन गरे




रेडियो काबेली
ताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको प्रसिद्ध धार्मिकस्थल पाथीभराको कार्तिक महिनामा ६१ हजार बढी दर्शनार्थीले दर्शन गर्न गरेका छन् । पाथीभरा क्षेत्र विकास समितीले दिएको जानकारी अनुसार कार्तिक महिनामा ६१ हजार १ सय ७३ जना दर्शनार्थीले दर्शन गरेका हुन् । गत असोज १० गतेदेखी आएको अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो । तर मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लागेको पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।


३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : 11:41 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश