फुङफुङ्गे झरनाको सरसफाई गरियो




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङ्गे झरनाको सरसफाई गरिएको छ । फुङ्फुङगे झरना पर्यटन विकास समितिको अगुवाईमा महोत्सवलाई मध्यनजर गरी शनिबार झरनाको सरसफाई कार्यक्रम गरिएको आयोजक समितीका अध्यक्ष विजय साँबाले जानकारी दिनुभयो ।

फुङ्फुङ्गेमा यही मंसिर ७ देखि १० गते सम्म फुङफुङ्गे झरना पर्यटन महोत्सव हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम सहित पालिकाका कर्मचारी, मध्य मेवा जलविद्युत परियोजनाका कुमार अर्याल, रणशेर गण सुरक्षा गुल्म,तेम्बा क्याम्प पोष्ट प्रमुख बुद्धिमान श्रेष्ठ सहित नेपाली सेनाको टोली, महोत्सव मूल आयोजक समितिका सल्लाहकार नुपुछिरिङ शेर्पा सहित आयोजक समितीका पदाधिकारीहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

महोत्सवको माध्यमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फुङ्गफुङ्गेमा विविध साँस्कृतिक कार्यक्रम सहित पर्यटन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9:59 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम