फुङफुङ्गे झरनाको सरसफाई गरियो




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङ्गे झरनाको सरसफाई गरिएको छ । फुङ्फुङगे झरना पर्यटन विकास समितिको अगुवाईमा महोत्सवलाई मध्यनजर गरी शनिबार झरनाको सरसफाई कार्यक्रम गरिएको आयोजक समितीका अध्यक्ष विजय साँबाले जानकारी दिनुभयो ।

फुङ्फुङ्गेमा यही मंसिर ७ देखि १० गते सम्म फुङफुङ्गे झरना पर्यटन महोत्सव हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम सहित पालिकाका कर्मचारी, मध्य मेवा जलविद्युत परियोजनाका कुमार अर्याल, रणशेर गण सुरक्षा गुल्म,तेम्बा क्याम्प पोष्ट प्रमुख बुद्धिमान श्रेष्ठ सहित नेपाली सेनाको टोली, महोत्सव मूल आयोजक समितिका सल्लाहकार नुपुछिरिङ शेर्पा सहित आयोजक समितीका पदाधिकारीहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

महोत्सवको माध्यमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फुङ्गफुङ्गेमा विविध साँस्कृतिक कार्यक्रम सहित पर्यटन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9:59 am

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई