क्यान ताप्लेजुङको अध्यक्षमा अरुण श्रेष्ठ




रेडियो काबेली
ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ(क्यान)ताप्लेजुङको अध्यक्षमा अरुण श्रेष्ण चयन हुनुभएको छ । शनिबार भएको नवौं बार्षिक साधारणसभा तथा पाँचौं जिल्ला अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै गरि क्यानको उपाध्यक्षमा जीवनकुमार श्रेष्ठ,सचिवमा मणिकुमार सेम्बु (लिम्बू) सह–सचिवमा जीवन कालिकोटे तथा कोषाध्यक्षमा पुण्यप्रसाद आचार्य चयन हुनुभएको छ ।

सदस्यहरु राजु मिश्र, टीकामाया यक्सो, हरिनन्द नेवार र तेजकुमार बराईली चयन हुनुभएको छ । क्यानका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष बिष्णुकुमार हाङवाङ विरु) लाई केन्द्रीय प्रतिनिधि चयन क्यानले जनाएको छ । कार्यक्रममा क्यानका कोशी प्रदेश समिति अध्यक्ष रोशन दाहाल,मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पा,क्यानका झापा जिल्ला अध्यक्ष कृष्ण घिमिरे र सुनसरी अध्यक्ष सन्देश राई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:29 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश