फक्ताङलुङ गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न, ५२७ जना बिरामीले लिए सेवा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४ दिने निशुल्क दन्त  तथा मुख सम्बन्धी शिविर सम्पन्न भएको छ । आज सम्पन्न भएको उक्त शिविरमा ५२७ जनाले उपचार सेवा लिएका हुन् । 

फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा सो सङ्ख्याले उपचार सेवा लिएको गाउँपालिका उपाध्यक्ष रविन लिम्बू  (विकास)ले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरको आज विहीबार अन्तिम दिन सम्ममा  २२७ पुरुष र ३०० जना महिला गरि जम्मा ५२७ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । 

शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाउँ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, कीरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।  शिविरमा जिल्ला भित्रका र जिल्ला बाहिरका बिरामीहरूको  सहभागिता रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:51 pm

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२