सिकैचा उपनिर्वाचनः मतदाताको टुङ्गो लाग्यो




एलिना दियाली 
ताप्लेजुङ ।
जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचामा यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाताको टुङ्गो लागेको छ । जिल्ला निर्वाचन कार्यलयले अन्तिम मतदाताको नामावली सार्वजनिक गर्दै उक्त निर्वाचनमा १ हजार ५ सय २८ मतादाता रहेको जनाएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा पुरुष ५५७ र महिला ४६९ गरि कुल १ हजार २६ जना जना मतदाता रहेका छन् । 

त्यस्तै ओसे मतदान स्थलमा पुरुष २८७ र महिला २१५ गरि कुल ५ सय २ जना मतादाता रहेका छन् । निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सरस्वती माध्यमिक विद्यालय कुञ्जारी र  दुर्गा माध्यमिक विद्यालय ओसे गरि दुई स्थानलाई मतदान स्थल तोकेको छ ।  त्यस्तै निर्वाचन आयोगले जिल्ला अदालत ताप्लेजुङका न्यायधिस विकास श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ । वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा उपस्थित नभएपछि र हङ्कङबाट वडाध्यक्ष बोखिमले २०८१ साल असोज १८ गते राजीनामा पत्र पठाएपछि सिकैचाको वडाध्यक्षका लागि उपनिर्वाचन गर्न लागेको हो । 

निर्वाचनमा ०८१ मंसिर १५ गते सम्म १८ उमेर पुगेका व्यक्तिले मतदान गर्न सक्नेछन् ।मतदान मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार २१:३०

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका