मेरिङ्देनको थुकिमामा ‘साङ्धुङ्गेन माङ्गेना कप-२०८१’ सञ्चालन हुने



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ् । ‘साङ्धुङ्गेन माङ्गेना कप-२०८१’ सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. ५ थुकिमामा आगामि मङसिर २५ गतेबाट ३० गते सम्म उक्त कप सञ्चालन हुने भएको हो ।

चासोक तङ्नामको अवसरमा ‘चासोक तङ्नाम मूल सञ्चालन समिति’को आयोजनामा थुकिमाको सुम्सोलकमा हुने उक्त कपमा वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । वडा स्तरीय फुटबल प्रतियोगिताको प्रथम हुनेले नगद १ लाख २० हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् ।

यस्तै दोस्रो हुनेले नगद ८० हजार रुपैयाँ सहित मेडल र प्रमाण पात्र पाउने चासोक तङ्नाम मूल सञ्चालन समितिले जनाएको छ । साथै खेलको म्याद अफ दि म्याच, वेष्ट किपर, वेष्ट डिफेन्डर र हाई स्कोररको लागि पनि उचित पुरस्कारको व्यावस्था गरिएको छ ।

फुटबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजनकको भनाई छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ०८:२५

फक्ताङलुङ गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न, ५२७ जना बिरामीले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४ दिने

फुङ्लिङ १० ले दियो पाथिभरा क्षेत्रका होटल सञ्चालकरूलाई डस्टबिन

ताप्लेजुङ् । पाथिभरा क्षेत्रका होटल सञ्चालकरूलाई एक९एक थान डस्टबिन वितरण

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सम्पन्न : ७६ जनाको आँखाको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको

सिकैचा उपनिर्वाचनः मतदाताको टुङ्गो लाग्यो

एलिना दियाली ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचामा

फक्ताङलुङ दन्त शिविरः बुधबारसम्म ३ सय ९२ ले लिए सेवा 

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४