पाथीभरा मन्दिरमा भक्तजनले अब क्युआरमार्फत भेटि चढाउन सक्ने




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर दर्शन गर्न आउने र माताको लागि भेटि छुट्टाएर दर्शन गर्न आउन नसक्ने भक्तजनहरुले अब क्यिुआर मार्फत पनि भेटी चढाउन सक्ने भएका छन् । लक्ष्मी सनराईज बैँक ताप्लेजुङको सहकार्यमा उक्त व्यवस्था गरिएको पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र विकास समितिले उक्त बैँकमा भेटी दान खाता सञ्चालन गरि क्यूआर कोड तयार गरी मन्दिर क्षेत्रमा राख्ने भएको हो । मंगलबार बैँकका मेनेजर अनिल श्रेष्ठले उक्त क्युआर क्षेत्र विकास समितीलाई हस्तातन्रण गर्नुभएको छ भने अब उक्त क्युआर कोड मन्दिर क्षेत्रमा राखिनेछ । र आवश्यकता अनुसार अन्य क्षेत्रमा समेत विस्तार गर्दै लगिनेछ ।
तिर्थयात्रीको माग अनुसार नै उहाँहरुको सहजताको लागि र आर्थिक पारदर्शिताको लागि क्युआरको व्यवस्था सुरु गरिएको निर्देशक हाङबाङले बताउनुभयो ।

प्रकाशित मिति : 6:53 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि