फक्ताङलुङमा सोमबारबाट सुरु भएको दन्त परीक्षणमा १ सय ४ जनाले लिए सेवा




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको निशुल्क दन्त शिविरमा १ सय ४ जनाले सेवा लिएका छन् । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा भएको शिविरमा उक्त संख्याले शिविरमा सेवा लिएका हुन् । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, किरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट गरिनेछ ।

अध्यक्ष लिम्बुका अनुसार कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे हुने शिविर गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको तापेथोक आधारभूत अस्पतालमा हुनेछ । शिविरमा जिल्ला साथै जिल्ला बाहिरका बिरामीहरुले सहभागीता जनाउन पाउने गाउँपालिका अध्यक्ष लिम्बुको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार २३:०१

कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते

जन्मदिनको अवसरमा पौडेलद्वारा नेत्रज्योति सङ्घ ताप्लेजुङको ‘बृहत् अक्षयकोष’ लाई १ लाख १ हजार प्रदान

ताप्लेजुङ । आफ्नो जन्मदिनको अवसर पारेर ताप्लेजुङका व्यवसायी तथा नेपाल

सुनको मूल्य ऐतिहासिक विन्दुमा : तोलाको एक लाख ९१ हजार पुग्यो

ताप्लेजुङ् ।  सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । आज

पाथीभरा गाडी दुर्घटनाः घाईते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा