निःशुल्क आँखा शिविरको पहिलो दिन २ सय २८ जनाले गरे आँखा परिक्षण




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सोमबारबाट सुरु भएको निशुल्क आँखा शिविरको पहिलो दिन २ सय २८ जनाले आँखा परिक्षण गरेका छन् । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन काठमाडौँको संयुक्त पहलमा सुरु भएको ३ दिने शिविरमा उक्त संख्याले आँखा परिक्षण गराएका हुन् ।


त्यस्तै ३५ जना मोतिबिन्दुका बिरामीहरुलाई छनोट गरि शल्याक्रिया गरिएको नेत्र ज्योति संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा सुरु भएको शिविरमा सोमबार ४० वर्षभन्दामाथिका ८५ जना बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।

शिबिर बुधबार सम्म सञ्चालन हुनेछ भने यहाँको शिविर सकिए पश्चात चिकित्सक सहितको प्राविधिक टोलीको उपस्थितीमा पाँचथरको थर्पुमा कात्तिक ३० र मंसिर १ गते शिविर सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 10:32 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा