आजबाट ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै



ताप्लेजुङ । ताप्लेजुङमा आजबाट निःशुल्क आँखा शिविर सञ्चालन हुँदै छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा आज देखि २८ गतेसम्म निःशुल्क शिविर सञ्चालन हुने भएको हो ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजु, सेवा फाउण्डेशन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहल तथा हेल्पिङ हेण्डस ताप्लेजुङका सहयोगमा ३ दिने शिविर सञ्चालन हुने उपचार केन्द्रका वरिष्ठ क्लिनिक ईञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरबाट छनोट गरिएको मोतिबिन्दुहरुका बिरामीको निःशुल्क अप्रेशन (शल्यक्रिया) को समेत व्यवस्था गरिएको छ । मेची आँखा अस्तताल, सैनिकमोड झापाको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने केन्द्रले जनाएको छ ।

ताप्लेजुङमा शिविर सम्पन्न हुन साथ यहि टोलिले छिमेकी जिल्ला पाँचथरको थर्पु बजारमा समेत शिविर सञ्चालन गर्ने केन्द्रको तयारी रहेको छ । थर्पुमा रहेको याङवरक आँखा उपचार केन्द्रमा कात्तिक ३० र मंसिर १ गते शिविर सञ्चालन गरिने भएको हो ।

पाँचथरबाट ताप्लेजुङसम्म नै आएर परीक्षण गर्न नसक्ने तथा ताप्लेजुङका सिरिजंघा र सिदिङबा गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिका लगायतका स्थानीयका लागि सो क्षेत्रमा शिविरको आयोजना गरिएको बताइएको छ ।

शिविरमा नाम दर्ताका लागि प्रतिव्यक्ति ६० रुपैयाँ, चश्मा तथा औषधीको न्युनतम शुल्क निर्धारण गरिएको ईञ्चार्ज गुरुङको भनाई छ । यस्तै ४० वर्षभन्दा माथिका बिरामीहरुका लागि भने निःशुल्क चश्मा उपलब्ध गराईने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 6:45 am

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२