पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवाद : झडपमा २ प्रहरी सहित ६ घाईते




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । झडपमा २ प्रहरी सहित ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रवि रावले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार बनाउनु पर्छ भन्ने पक्षका फुङलिङ नगरपालिका वडा नं. ४ का दामोदर अधिकारी, मेरिङदेन गाउँपालिकाका ४ का कुमार शेर्पा घाईते हुनु भएको छ । त्यस्तै केबलकार खारेजी गर्नुपर्छ भन्ने पक्षका फुङलिङ नगरपालिका वडा नं.४ का चन्द्र मादेन र पाथीभरा क्षेत्रमा भरिया (तिर्थयात्रीको सहयोगी) फक्ताङलुङ गाउँपालिकाका ५ का अर्जुन लिम्बु घाईते हुनु भएको छ । उनीहरुको तमोर अस्पताल र जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ ।

त्यस्तै झडपमा शसस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी घाईते हुनु भएको छ । उहाँहरुको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए । तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए । यद्यपि, एक्साभेटर चलाएर केबलकार शिलान्यास गरिसकिएको फुङ्लिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले जानकारी दिनुभएको छ ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्का थरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुङ्गको पर्यटकीय महत्व थप बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् । अहिले स्थिति सामान्य रहेको र केबुलकार निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १८:४३

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन