गैर सरकारी संस्था महासंघ ताप्लेजुङको अध्यक्षमा खड्गविक्रम सुबेदी




एलिना दियाली
ताप्लेजुङ ।
गैर सरकारी संस्था महासंघ ताप्लेजुङको अध्यक्षमा खड्गविक्रम सुबेदी चयन हुनु भएको छ । गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुबेदीको प्रमुख आतिथ्यता बुधबार भएको सातौं जिल्ला अधिवेशनले पुनः सुबेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।

समितीको उपाध्यक्षमा प्रजिन हाङबाङ, सचिवमा मणिशंकर पोमु, सहसचिवमा मात्रिकादेवी प्रसाईँ र काषाधयक्षमा खगेन्द्र नेपाली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिलकुमारी लिम्बू श्रेष्ठ, चन्द्र यवागु, रमेश राई, भोलाप्रसाद पौडेल, तिलप्रसाद सुब्बा, तुलसा विक, किरण लिङ्देन र रमेश घिमिरे चयन हुनुभएको छ ।

गैर सरकारी संस्था महासंघ ताप्लेजुङको सातौं जिल्ला अधिबेशन सहित विपद् जोखिम र जलवायु परिवर्तन सम्बन्धी अुनुकुलन सम्बन्धी जिल्लास्तरीय क्षमता विकास कार्यशाला समेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष सुवेदीले सरकारले राम्रो काम गरे साझेदारी गर्ने गलत काम गरे खवरदारी गर्ने भएकोले पनि गैर सरकारी संस्था सरकारको स्थायी प्रतिपक्ष रहेको बताउनुभयो ।

साथै संस्थाले खबरदारी, साझेदारी र पहरेदारी तिन काम मुख्य रुपमा गरिरहेको उहाँको भनाई थियो । व्यवस्था परिर्वतन भएकाले अबको समय अर्थ उर्पाजनमा लाग्नु पर्ने र त्यसका लागि सामाजिक उधमशिलतालाई जोड दिनुपर्ने आवश्यकता अध्यक्ष सुवेदीले औँल्याउनुभयो ।


त्यस्तै कोशी प्रदेश सभा सदस्य एवं पुवमन्त्री तिल कुमार मेन्याङबोले समाजको विकासमा गैर सरकारी संस्थाको भूमिका महत्वपुर्ण रहेको बताउँदै विश्वव्यापी रुपमा बढ्रदै गएको तापक्रम वृद्धि प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“ विश्वमा कार्बनडाईअक्साईडको वृद्धिले गर्दा नै वल्र्ड वार्मिङ हुँदै गएको छ ।

नेपालमा पर्यटक सेतो हिमाल हेर्न आउने गरेका छन् तर हामिले प्रकृतिको संरक्षण गर्न सकेनौ भने र यसरी वल्ड वार्मिङ हुँदै जाने हो भने हाम्रा हिमालहरु काला पत्थरमा परिणत हुन्छ्न । त्यति बेला वातावरण धेरै बिग्री सकेको हुन्छ । त्यहि भएकार गोल्बल वार्मिङलाई नियन्त्रण गर्न बृक्षरोपण सहित प्रकृतिको संरक्षणमा सबै अहिलेबाट लाग्नु पर्छ ।”


विश्वव्यापी रुपमा भएको जलवायु परिर्वतन र यसबाट सिर्जित विपद्को सामना गर्ने विषयलाई मध्यनजर गर्दै जिल्ला अधिबेशन सहित विपद् जोखिम र जलवायु परिवर्तन सम्बन्धी अुनुकुलन सम्बन्धी जिल्लास्तरीय क्षमता विकास कार्यशाला गरिएको गैर सरकारी संस्था महासंघका अध्यक्ष खड्ग विक्रम सुवेदीले बताउनुभयो । उक्त कार्यशाला फाउण्डेशन दी फ्रान्ससँगको सहकार्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार २१:०९

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक

मधेश प्रदेशमा ७ स्थानमा उपनिर्वाचन, १०३ जनाको उम्मेदवारी

ताप्लेजुङ । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते

२ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण

ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले शपथ

करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ । करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको