फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोलाद्धारा देउसी भैली कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोला गाउँपालिका वडा नं. ६ साङ्लुपाले देउसी भैली कार्यक्रम २०८१ सम्पन्न गरेको छ । महिलाहरुको अधिकार सुनिश्चितता र सामाजिक विकासमा हाम्रो सहभागिता भन्ने नारा सहित उक्त महिला समुहले सामाजिक कार्य गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।

देउसी भैलो कार्यक्रमबाट झण्डै एक लाख रुपैँया नगद संकलन भएको समुहकी अध्यक्ष निर्मला लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार महिला समुहले देउसी भैलोबाट संकलित उक्त रकम सामाजिक कार्यमा खर्च गरिनेछ । हरेक वर्ष महिला समुहले देउसी भैलो कार्यक्रम गरि सामाजिक कार्यमा खर्च गर्दै आएको छ । मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै समाजिक क्षेत्रमा कार्य गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रम गरिएको समुहले जनाएको छ ।

प्रकाशित मिति : 8:25 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा