फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोलाद्धारा देउसी भैली कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोला गाउँपालिका वडा नं. ६ साङ्लुपाले देउसी भैली कार्यक्रम २०८१ सम्पन्न गरेको छ । महिलाहरुको अधिकार सुनिश्चितता र सामाजिक विकासमा हाम्रो सहभागिता भन्ने नारा सहित उक्त महिला समुहले सामाजिक कार्य गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।

देउसी भैलो कार्यक्रमबाट झण्डै एक लाख रुपैँया नगद संकलन भएको समुहकी अध्यक्ष निर्मला लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार महिला समुहले देउसी भैलोबाट संकलित उक्त रकम सामाजिक कार्यमा खर्च गरिनेछ । हरेक वर्ष महिला समुहले देउसी भैलो कार्यक्रम गरि सामाजिक कार्यमा खर्च गर्दै आएको छ । मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै समाजिक क्षेत्रमा कार्य गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रम गरिएको समुहले जनाएको छ ।

प्रकाशित मिति : 8:25 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन