नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङद्धारा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान



रेडियो कोबेली
ताप्लेजुङ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङद्धारा नेपाल संवत् ११४५ कोअवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार समाजको प्राङ्गण भिमतुना डाँडामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा अविर तथा खादा लगाएर सम्मान व्यक्त गरिएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका फुङलिङ नगर प्रमुख अमिर मादेनले नेपाल संवत्को अवसरमा शुभकामना व्यक्त गर्दै सामाजिक सद्भावलाई सवै मिलेर कायम राख्नु पर्ने आवश्यता औँल्याउनुभयो । त्यस्तै नगर उप–प्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, पत्रकार महासंघका पुर्व अध्यक्ष खगेन्द्र अधिकारीले नेपाल संवत्को शुभकामना व्यक्त गर्दै नेपाल जात जाति भाषा संस्कार र संस्कृतिले विविधतापुर्ण रहेपनि विविधतामा एकता हुनु सुन्दर पक्ष रहेको बताउनुभयो ।


कार्यक्रममा नगर प्रमुख मादेन, उप–प्रमुख ओझा, प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी प्रमुख रवि रावल,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका प्रहरी नायव उपरिक्षक नरेश महर्जन, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङ्वो, होटल व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश खवास, नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका पूर्व अध्यक्षद्धय सुन्दरमोहन शाक्य र निरोज श्रेष्ठ, नेपाल द्व दवु ःताप्लेजुङका अध्यक्ष कुमार श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।


नेपाल भाषा तथा साँस्कृतिक समाजले आफ्नो स्थापना काल देखी नै नेपाल संवत् मनाउँदै आएको समाजका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो । गरीब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

प्रकाशित मिति : 3:38 pm

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण