फक्ताङलुङ गाउँपालिकामा कात्तिक २६ गते देखि निशुल्क दन्त शिविर हुने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा यही कात्तिक २६ गते देखि चारदिने दन्त तथा मुख स्वास्थ्य सम्वन्धी निशुल्क शिविर सञ्चालन हुने भएको छ । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा दन्त बिशेषज्ञबाट दाँत तथा मुख स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन हुने भएको हो ।


गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, किरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट गरिनेछ । अध्यक्ष लिम्बुका अनुसार कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे हुने शिविर गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको तापेथोक आधारभूत अस्पतालमा हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार २१:१२

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट