ताप्लेजुङ विकास मञ्चद्धारा ८ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चले फक्ताङलुङ गाउँपालिका वडा नं ३ स्थित सिवाँ स्वास्थ्य चौकीलाई ८ लाख रुपैँया बराबरको स्वास्थ्य सम्बन्धी उपकरण हस्तान्तरण गरेको छ । आईतबार नेपाल मेडिकल सपोट जर्मनीको आर्थिक सहयोगमा उक्त रकम बराबरको स्वास्थ्य सम्बन्धी उपकरण हस्तान्तरण गरिएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताउनुभयो ।


भिडियो जाँच गर्ने युसजी मेसिन, मुटु जाँच गर्ने ईसिजी मेसिन र एक्स्रे मेसिन प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री योगेश कुमार भट्टराई र संस्थाका अध्यक्ष प्रसाईंले फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)) र स्वास्थ चौकी प्रमुख प्रेम कुमारी लिम्बुलाई संयत रुपमा हस्तान्तरण गर्नु भएको हो ।स्थानीय स्तरमा नै बिरामीहरुले स्वास्थ्य उपचार गराउन सहज होस भन्ने उद्धेश्यले सामाग्री वितरण गरिएको मञ्चले जनाएको छ ।

प्रकाशित मिति : 5:32 pm

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२