जिल्ला स्तरीय न्यायिक सञ्जालको संयोजकमा ओझा




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला स्तरीय न्यायिक सञ्जालको संयोजकमा फुङलिङ नगरपालिकाकी उप–प्रमुख भिमादेवी ओझा चयन हुनुभएको छ । बिहिबार भएको जिल्ला स्तरीय न्यायिक सञ्जाल समिती गठन सम्बन्धी प्रथम भेलाले ओझालाई संयोजकमा निर्विरोध चयन गरेको हो । न्याय सम्पादनको क्षेत्रका समस्या साथै आफ्ना अनुभव साटासाट गर्ने उद्देश्यले गठन भएको समितीको सदस्यमा आठ वटा गाउँपालिकाका उपाध्यक्षहरु सदस्य रहनु भएको छ । समितीको सदस्यमा सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्र मावो, सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी कडरिया (बन्दना), पाथीभरा याङवरक गाउँपालिकाकी उपाध्यक्ष रनमाया गुरुङ, मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा सदस्य रहनु भएको छ ।

त्यस्तै फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन लिम्बु (विकास), मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङ, आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा शान्ता कुमारी आङबुहाङ र मैवाखोला गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बु सदस्य रहुन भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हरेका स्थानीय तहमा न्यायिक समिती रहने र उक्त न्यायिक समितिको संयोजक नगरको उप–प्रमुख तथा गाउँपालिकाको उपाध्यक्ष रहने व्यवस्था रहेको छ । उक्त ऐन अनुसार न्यायिक समितीको संयोजकलार्य दुई किसिमका अधिकार क्षेत्र दिइएको छ । ऐनको दफा ४७(१) अन्र्तगतका विवादको निरुपण(कारवाही र किनारा)गर्ने र ऐनको दफा ४७(२) अन्र्तगतका विवाद मेलमिलापको माध्यमबाट समाधान गर्ने सोही अनुसार न्यायिक समितीका संयोजकले न्याय सम्पादन गर्दै आएका छन् । न्यायिक सञ्जालले जिल्लाको न्याय सम्पादनमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रकाशित मिति : 9:11 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज