दुई स्थानीय तह र १० व्यक्ति सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला समन्वय समिती ताप्लेजुङले विशिष्ट योगदान गरेको भन्दै दुई स्थानीय तह र १० व्यक्तिलाई सम्मान गरेको छ । बुधबार आफ्नो आठौँ जिल्ला सभा तथा बार्षिक समिक्षाको अवसरमा जिल्ला समन्वय समितीले उक्त सम्मान गरेको हो । सम्मानित हुने स्थानीय तहमा सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सिरिजङ्गा गाउँपालिका वित्तीय शुसासन जोखिम मूल्याङकन(फ्रा)मा उच्च अंक ल्याएकोमा साथै मैवाखोला गाउँपालिका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन(लिजा)मा उत्कृष्ट अंक ल्याएकोमा सम्मानित भएका हुन् । सिरिजङ्गाको सम्मान पत्र उपाध्यक्ष डाक्टर चित्र माबो र मैवाखोला गाउँपालिकाको सम्मान पत्र उपाध्यक्ष कमलकुमारी लिम्बुले ग्रहण गर्नुभएको छ ।

त्यस्तै भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राई, उज्यालो पोष्ट दैनिकका सम्पादक एवं पत्रकार महासंघका पुर्वअध्यक्ष खगेन्द्र अधिकारी, लिटलबुद्ध आवासीय माविका प्रिन्सिपल युवराज गिरी,जिल्ला समन्वय समितिका असिस्टेन्ट सव–ईञ्जिनियर प्रकाश गुरुङलाई पनि आफ्नो क्षेत्रमा विशिष्ट योगदान गरेको आधारमा सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।


त्यस्तै साहित्य क्षेत्रतर्फ योगदान गरेको भन्दै कवि लेकाली कान्छा ‘मुक्कुम’(लक्ष्मीप्रसाद मादेन),ताप्लेजुङ जिल्ला अस्पतालका मातृ शिशु स्याहार क्षेत्रमा कार्यरत अनमी छैठौं मनकुमारी कार्की,राष्ट्रिय तथा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका विजेता र उपबिजेता बन्न सफल फुङलिङकी कुमारी गुरुङ,लामो समय सम्म जनप्रतिनिधि बनेर सेवा गर्ने सताब्दियौं(१०२ बर्षिय ) व्यक्ति पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ निवासी लक्ष्मीप्रसाद पौडेल,जिल्ला अस्पतालको ड्रेसिङ फाँटमा कार्यरत चन्द्रबहादुर गुरुङ र कोशी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएकी कञ्चनजंघा आवासीय मावि फुङलिङकी अञ्जना भट्टराईलाई पनि सम्मान गरिएको छ ।


सम्मानित हुने गाउँपालिका र व्यक्तिहरुलाई दोसल्ला र प्रमाण पत्रले प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई,कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा,जिसस प्रमुख छिरिङ लामा,उपप्रमुख कृष्ण प्रसाद लिङखिम,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार २२:२६

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा