सम्पादक खगेन्द्र अधिकारी सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी सम्मानित हुनुभएको छ । पत्रकारीता क्षेत्रमा रहि विशिष्ट योगदान गरेको भन्दै जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभामा सम्मान गरेको हो । पत्रकार महासंघ ताप्लेजुङका पुर्व अध्यक्ष समेत रहनु भएका अधिकारीलाई प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोले दोसल्ला ओढाएर साथै सम्मान पत्रले सम्मान गर्नुभएको हो । नागरिक दैनिकका संवाददाता समेत रहनु भएका अधिकारी ताप्लेजुङमा रहेर विगत लामो समयदेखी सक्रिय रुपमा पत्रकारीता गर्दै आउनु भएकोछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार २१:४२

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, कञ्चनजङ्घामा एक करोड बढी संकलन

फुङ्लिङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको