फुङलिङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नम्बर ४ का वर्ष २१ प्रदीप पौडेल र वडा नम्बर ८ का वर्ष १९ का निश्चल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार उहाँहरुले आइतबार साँझ फुङ्लिङ बजार स्थित ‘न्यु कन्चनजङ्गा सहकारी संस्था’मा आफ्नो काम सकेर घर फर्कँदै गर्नुभएका फुङ्लिङ नगरपालिका वडा नम्बर ८ का ३७ वर्षका सन्तोष गुरुङलाई फुङ्लिङ ४ उकालीपानी स्थित एकान्त बाटोमा बाटो छेकेर साथमा बोकेको फलामको धारिलो हतियार प्रहार गर्ने प्रयास गरी धम्की दिएर अवद्र व्यवहार गरेको कसुरमा पक्राउ गरिएको हो ।

गुरुङ र पौडेललाई मुलुकी फौजदारी कार्यविधि संघीयता २०७४ को दफा १४ (३)बमोजिम जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पाँच दिनको म्याद थप अनुमति लिई अवद्र व्यवहार कसुरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8:16 pm

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत