फुङलिङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नम्बर ४ का वर्ष २१ प्रदीप पौडेल र वडा नम्बर ८ का वर्ष १९ का निश्चल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार उहाँहरुले आइतबार साँझ फुङ्लिङ बजार स्थित ‘न्यु कन्चनजङ्गा सहकारी संस्था’मा आफ्नो काम सकेर घर फर्कँदै गर्नुभएका फुङ्लिङ नगरपालिका वडा नम्बर ८ का ३७ वर्षका सन्तोष गुरुङलाई फुङ्लिङ ४ उकालीपानी स्थित एकान्त बाटोमा बाटो छेकेर साथमा बोकेको फलामको धारिलो हतियार प्रहार गर्ने प्रयास गरी धम्की दिएर अवद्र व्यवहार गरेको कसुरमा पक्राउ गरिएको हो ।

गुरुङ र पौडेललाई मुलुकी फौजदारी कार्यविधि संघीयता २०७४ को दफा १४ (३)बमोजिम जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पाँच दिनको म्याद थप अनुमति लिई अवद्र व्यवहार कसुरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8:16 pm

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक