ताप्लेजुङमा भन्सार छलिकोे सिक्किमे मदिरा सहित दुई जना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा भन्सार छलिको २ लाख रुपैँयाको सिक्किमे मदिरा सहित दुईजनालाई प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सोमबार साँझ पाथीभरा याङवर गाउँपालिका वडा नम्बर १ मेवाखा स्थित सडक खण्डमा आवतजावत गर्ने सवारी चेक जाँच गर्ने क्रममा इलामको फिकलबाट ताप्लेजुङ तर्फ आइरहेको पिकअप गाडीमा मिनिरल वाटरको बोतलले माथिबाट छोपेर ताप्लेजुङ बजारतर्फ ल्याउँदै गरेको ५० कार्टुन ‘प्रोडक्ट्स अफ सिक्किम्स कञ्चन’ लेखिएको सिक्किमे मदिरा सहित दुई जनाालई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मदिरा ताप्लेजुङतर्फ ल्याउने झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षका महेन्द्र बर्देवा र सवारी चालक सोही ठाउँका २३ वर्षका सनम राई रहेका छन् ।
दुई लाख रुपैँयाको मदिरा र मे १ च ४२१४ नम्बरको गाडी आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पशुपति नगर इलाम पठाइएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : 8:06 pm

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई