ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एक १७ वर्षिय नाबालिकालाई जवरजस्ती करणी उद्योग गरेको आरोपमा ३७ बर्षिय अशोक कुरुम्बाङलाई असोज ३० गते प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कुरुम्बाङले असोज २७ गते बालिकालाई एक्लै भएको बेला जवरजस्ती करणी गरेको आरोप रहेको छ ।

पक्राउ पर्नु भएका कुरुम्बाङ माथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बस्नेतको भनाई रहेको छ ।

प्रकाशित मिति : 9:47 am

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत