प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । बुधबार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा प्रहरी सहायक निरीक्षक हेमनारायण यादव,प्रहरी हवल्दार वेदबहादुर श्रेष्ठ र अनु भुजेल,प्रहरी सहायक हवल्दार प्रमोद निरौला पुरस्कृत हुनु भएको छ ।

यस्तै प्रहरी जवान मीनाकुमारी आङदेम्बे,सपना सुनार,मुकेश चौधरी,पुष्पनारायण अधिकारी,बिशाल तामाङ तथा प्रहरी कार्यालय कर्मचारी मुक्ति केदेमलाई पुरस्कृत गरिएको छ । त्यस्तै अमर प्रहरी परिवारलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । अमर प्रहरी परिवारका सदस्यहरु रामकुमारी सुब्बा थापा तथा आइतरानी लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रहरी दिवसको अवसरमा आयोजित पुरुष डवल्स ब्याड मिन्टन प्रतियोगितामा प्रथम हुने प्रहरी सहायक हवल्दार बिनोद कन्दङवा र अर्जुन राई तथा द्धितीय हुने प्रहरी वरिष्ठ हवल्दार सन्तोषकुमार तामाङ र प्रहरी जवान दीपेन्द्र राईलाई मेडल,कप र प्रमाण–पत्र बितरण गरिएको छ । साथै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्ने मिक्वाखोला गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिका वडा नं ९ लाई कदर–पत्र बितरण गरेको छ ।

‘साइवर सुरक्षा,आजको आवश्यकता’ भन्ने मुख्य नाराका साथ मनाईएको प्रहरी दिवस कार्यक्रममा प्रहरी नायव उपरीक्ष रवि रावलले पछिल्लो समय साईबर अपराध बढेकाले यस्ता गतिविधिबाट बच्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले जिल्लाका कतिपय प्रहरी चौकीको अवस्था जिर्ण रहेकाले समन्वय गरिदिन सम्बन्धित निकायको ध्यानाकार्षण समेत गराउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाका गुल्मपति नरेश महर्जन,सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:10 pm

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)