प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । बुधबार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा प्रहरी सहायक निरीक्षक हेमनारायण यादव,प्रहरी हवल्दार वेदबहादुर श्रेष्ठ र अनु भुजेल,प्रहरी सहायक हवल्दार प्रमोद निरौला पुरस्कृत हुनु भएको छ ।

यस्तै प्रहरी जवान मीनाकुमारी आङदेम्बे,सपना सुनार,मुकेश चौधरी,पुष्पनारायण अधिकारी,बिशाल तामाङ तथा प्रहरी कार्यालय कर्मचारी मुक्ति केदेमलाई पुरस्कृत गरिएको छ । त्यस्तै अमर प्रहरी परिवारलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । अमर प्रहरी परिवारका सदस्यहरु रामकुमारी सुब्बा थापा तथा आइतरानी लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रहरी दिवसको अवसरमा आयोजित पुरुष डवल्स ब्याड मिन्टन प्रतियोगितामा प्रथम हुने प्रहरी सहायक हवल्दार बिनोद कन्दङवा र अर्जुन राई तथा द्धितीय हुने प्रहरी वरिष्ठ हवल्दार सन्तोषकुमार तामाङ र प्रहरी जवान दीपेन्द्र राईलाई मेडल,कप र प्रमाण–पत्र बितरण गरिएको छ । साथै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्ने मिक्वाखोला गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिका वडा नं ९ लाई कदर–पत्र बितरण गरेको छ ।

‘साइवर सुरक्षा,आजको आवश्यकता’ भन्ने मुख्य नाराका साथ मनाईएको प्रहरी दिवस कार्यक्रममा प्रहरी नायव उपरीक्ष रवि रावलले पछिल्लो समय साईबर अपराध बढेकाले यस्ता गतिविधिबाट बच्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले जिल्लाका कतिपय प्रहरी चौकीको अवस्था जिर्ण रहेकाले समन्वय गरिदिन सम्बन्धित निकायको ध्यानाकार्षण समेत गराउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाका गुल्मपति नरेश महर्जन,सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:10 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम