पाथिभरामा दर्शनार्थीको चाप बढ्न थाल्यो, आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगे



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगेका छन् । प्राकृतिक विपदका घटनाले प्रभाव पारेको पाथिभरामा आज १ हजार ४ सय ९५ जना तीर्थयात्री मन्दिर पुगेका हुन् । 

गत असोज दोश्रो साता मुलुक भर गएको बाढीपहिरोले पाथीभरामा आउने दर्शनाथी समेत प्रभावित भएका थिए । दशैंको मुख्य सिजनमा करिब १० हजारको हाराहारीमा दैनिक तीर्थयात्री मन्दिर पुग्ने गरेका थिए । 

तर, बाढी पहिरोले मेची राजमार्गको हेँवाखोलाको बेलिब्रिज सँगसँगै देशैभरका प्रमुख तथा सहायक राजमार्गहरू बगाए पछि पाथीभरा धाम सुनसान बनेको थियो । मनसुन बाहिरिएसँगै राजमार्गहरू समेत सुधार आउन थालेपछी पाथिभरामा दर्शनार्थीको चाप बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

हिजो करिब ५ सय जनाको हाराहारीमा भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।  यहाँ वार्षिक २ लाख भन्दा बढी तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : 6:40 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै