पाथिभरामा दर्शनार्थीको चाप बढ्न थाल्यो, आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगे



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगेका छन् । प्राकृतिक विपदका घटनाले प्रभाव पारेको पाथिभरामा आज १ हजार ४ सय ९५ जना तीर्थयात्री मन्दिर पुगेका हुन् । 

गत असोज दोश्रो साता मुलुक भर गएको बाढीपहिरोले पाथीभरामा आउने दर्शनाथी समेत प्रभावित भएका थिए । दशैंको मुख्य सिजनमा करिब १० हजारको हाराहारीमा दैनिक तीर्थयात्री मन्दिर पुग्ने गरेका थिए । 

तर, बाढी पहिरोले मेची राजमार्गको हेँवाखोलाको बेलिब्रिज सँगसँगै देशैभरका प्रमुख तथा सहायक राजमार्गहरू बगाए पछि पाथीभरा धाम सुनसान बनेको थियो । मनसुन बाहिरिएसँगै राजमार्गहरू समेत सुधार आउन थालेपछी पाथिभरामा दर्शनार्थीको चाप बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

हिजो करिब ५ सय जनाको हाराहारीमा भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।  यहाँ वार्षिक २ लाख भन्दा बढी तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १८:४०

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन